श्रीमानको कुटपिटबाट भक्तपुरमा महिलाको मृत्यु

शुक्रबार, २५ फागुन २०८०
भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७.१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए । सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार