महाकालेश्वर महायज्ञबाट १३ लाख बचत

बुधबार, ३० फागुन २०८०
इलाम / इलाम नगरपालिका २, सुम्बेकमा रहेको महाकालेश्वर शिव मन्दिर तथा परोपकार संस्थाले सञ्चालन गरेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञबाट १३ लाख बचत भएको छ । पुराणमा २५ लाख सङ्कलन भएको र १२ लाख खर्च भएको आयोजकले जानकारी दिएको छ । जसबाट १३ लाख बचत भएको जनाइएको छ । माघ २७ गतेदेखि फागुन ५ सम्म सञ्चालित पुराणको हिसाब सार्वजनिक गरिएको छ । जसमा २५ लाख ३६ हजार आठ सय ३० रुपैयाँ सङ्कलन भएको र १२ लाख ३५ हजार तीन सय चार रुपैयाँ खर्च भएको जनाइएको छ । लेखा समिति संयोजक लेखनाथ पोख्रेलका अनुसार बचत भएको रकमबाट अक्षयकोष स्थापना गर्ने र मन्दिरलाई थप जग्गा खरिद गर्ने लक्ष रहेको छ । पुराणमा सहयोग गर्ने सबैलाई संस्थाकी उपाध्यक्ष उर्मिला निरौलाले धन्यवाद व्यक्त गरिन् । संस्थाका अध्यक्ष कोषराज लम्सालले पुराण सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै यस्तै सहयोगको आग्रह गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार