इटहरी - अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा आज भएको खेलमा साबिक विजेता सगरमाथा युथ क्लब मोरङलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा आर्मीले २ गोल गर्दा सगरमाथाले १ गोल मात्रै ग¥यो ।
आर्मीका लागि रिपु भुलान र फत्तेमान घलेले गोल गरे । यसैगरी नवयुग श्रेष्ठ र जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोल रक्षक प्रिसोले रोक्न सफल भए ।
सगरमाथाका लागि भने दिवाकर चौधरीले शान्तवना गोल गरे । सगरमाथाका प्रिसो, स्टेपेन समीर विनाङ र बिजु भुजेलको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले रोक्न सफल भए । यसैगरी विमल घर्ती मगरको प्रहार गोल पोस्टबाहिर गयो ।
आर्मी क्लब फाइनलमा प्रवेश गरेसँगै साबिकको विजेता रहेको सगरमाथा युथ क्लब घर फर्किएको छ । खेलको म्यान अफ दि म्याच आर्मीका गोल रक्षक विकेश कुथु घोषित हुँदै नगद १० हजार प्राप्त गरे । बिहीबारको अन्तिम सेमिफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र चर्च ब्वाइज क्लबबीच हुनेछ ।
प्रतिक्रिया