विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

विहीबार, २५ मंसिर २०८२

जारी नेपाल प्रिमयर लिग(एनपीएल)को फाइनलमा विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स प्रवेश गरेको छ । बिहिबार भएको दोश्रो क्वालिफायरमा विराटनगरलाई लुम्बिनीले ४० रनले हराएको हो । 

लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो ।

विराटनगरलाई सस्तैमा समेट्न तिलक भण्डारीले तीन विकेट लिए । 

अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान दुई विकेट लिए । शेर मल्लको नाममा एक विकेट रह्यो ।

विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । उनले २८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन थपे । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

ओपनरद्वय मार्टिन गप्टिल र फाफ डू प्लेसिसले क्रमशः दुई र तीन रनमात्र जोडे । तेस्रो क्रमका ब्याटर लोकेश बम ‘गोल्डेन डक’ भए । शंकर रानाले सात रन थपे । बसिर अहमेद र कप्तान तथा मार्की सन्दीप लामिछानले समान तीन रनमा पभेलियन फर्किए । प्रशिस जिसीको नाममा दुई रन रह्यो ।

टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको योगफल खडा गर्यो ।

लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन थपे । 

निरोसान डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । लुम्बिनीका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सन्दीप जोरा र जेजे स्मिथले ‘डक’ भए । दीलिप नाथ र दीनेश अधिकारी पनि समान एक रनमा पभेलियन फर्किए ।

विराटनगरका स्पिनर सुवास भण्डारीले तीन विकेट लिए । प्रतिश जिसीले २७ रन खर्चिदै तीन विकेट लिए । कप्तान सन्दीप लामिछानले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए । 

अफ शनिबार फाइनल खेल हुने छ ।

फाइनलमा शुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने छन् । 


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार