इलाम : इलाममा आगामी पुष १ गते रेडपाण्डा म्याराथन दौड हुने भएको छ । रेडपाण्डा नेटवर्कको आयोजनामा सन्दकपुर रेडपान्डा म्याराथन हुने भएको हो ।
इलाम सदरमुककामबाट जिल्लाकै अग्लो स्थान ९३६३६ मिटर० सन्दकपुरसम्म म्याराथन आयोजना गरिने भएको हो ।
दुर्लभ वन्यजन्तु रेडपान्डा तथा जैविक विविधता संरक्षणबारे जनचेतना जगाउने उद्देश्यले दीपज्योति युवा क्लबको आयोजनामा ४४।२ किलोमिटरको म्याराथन हुने भएको हो । समुद्री सतहबाट एक हजार आठ सय २० देखि तीन हजार छ सय १० मिटर उचाईसम्ममा म्याराथन हुने आयोजक क्लबका राम रिमालले बिहीबार इलाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । म्याराथनमा करिब सय धावक सहभागी हुने अनुमान आयोजकले गरेको छ ।
पुरुष खुला, महिला खुला र स्थानीय (इलाम, पाँचथर, ताप्लेजुङ) गरी तीन विधाका विजयी धावकले पुरस्कार पाउनेछन् । खुलामा पुरुष र महिलातर्फ पुरस्कार राशि बराबर छ । पहिलो हुनेले डेढ लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार र चौथोले ३० हजार रुपैयाँ पाउने क्लबका राम रिमालले जानकारी दिए ।
स्थानीयतर्फका विजेतामध्ये पहिलोले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार र चौथोले पाँच हजार रुपैयाँ पाउनेछन् । यस अघी नै प्रतियोगिता आयोजना गरिएको थियो । जेन्जी आन्दोलनका कारण प्रतियोगिता पुष १ गतेका लागि सारिएको हो ।
प्रतिक्रिया