किसानका समस्या समाधान गर्न किसान महासङ्घको सरकारलाई आग्रह

विहीबार, १५ चैत्र २०८०
इलाम / नेपाल किसान महासङ्घ केन्द्रीय कार्य समितिको बैठकले किसानका समस्या समाधानकालागि सरकारलाई घच्घच्याउने निर्णय गरेको छ । इलाममा बसेको चौथो नियमित बैठकले अनुदान वितरण गर्दा वास्तविक किसान समक्ष नपुग्ने भएकाले पहुँचवाला भन्दा पनि कृषि कर्ममा नै लागेका किसानसमक्ष अनुदान पुग्नु पर्ने माग गरेको छ । त्यस्तै उत्पादित कृषि वस्तुको न्यूनतम समर्थन मूल्य तोक्नु पर्ने, सरल कृषि कर्जा समेत बाहिर गएकाले यसको अनुगमन हुनु पर्ने माग गरिएको महासङ्घका प्रवक्ता रमेश रावलले जानकारी दिए । सरकारले पूर्वाधार निर्माण भन्दा पनि नेपाल कृषि उत्पादनमा अब्बल भएकाले कृषिलाई प्राथमिकतामा राखेर योजना बनाउनु पर्नेमा जोड दिइएको उनको भनाई छ । महासङ्घको हालको कार्य समिति चयन भएको एक वर्षको अवसरमा वर्ष भरी भएका कार्यक्रमको समीक्षा समेत गरिएको थियो । केन्द्रीय कार्यसमितिलाई कोसी प्रदेश कार्य समितिले ३६ बुँदे ज्ञापन पत्र समेत बुझाएको छ । प्राप्त भएको ज्ञापन पत्र छलफलपछि सरकार समक्ष पेस गरिने बताइएको छ । इलाममा हुन लागेको उप निर्वाचन लक्षित समेत कार्यक्रम भएको किसान महासङ्घका इलाम अध्यक्ष प्रेम गौतमले बताए ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार