काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
जसका लागि बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाएका छन् । मुख्यमन्त्रीजम्कट्टेले विश्वासको मतलिन आँटेपछि सो बारे छलफल गर्न बैठक बोलाएको पाठकले जानकारी दिए ।
बागमतीमा नेपाली कांग्रेससरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेललेसमय सकिन तीन दिन अगावै (२२ चैत भित्र) आज विश्वासको मत लिने तयारी गरेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलकोदलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा यसअघि नै दर्ता गराइसकेका छन् । माओवादीका सचेतक रत्नप्रसाद ढकालले गत शुक्रबार नै प्रस्ताव दर्ता गराएका थिए ।
१ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागिजम्कट्टेलको ५६ मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।
३ सांसद रहेको नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको । कांग्रेसका ३७ र राप्रपाका १३ जना सांसद विपक्षमा छन् ।
सत्ता समिकरणमा सहभागी मध्ये नेकपा एमाले, माओवादी केन्द्र, र हाम्रो नेपाली पार्टीबीच मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमति भएको भनिएपनि एकिकृत समाजवादीले भने जम्कट्टेललाई मत दिन चाहेको छैन् ।
एसले बागमती वा कोशीमा आफूले मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ।मुख्यमन्त्री माग गर्दै बागमतीमा जमकट्टेललाई समर्थन गर्ने स्पष्ट नपारेको एसको कोशीमा ४ सीट छ भने बागमतीमा ७ सीट छ ।
बागमतीमा एमाले,माओवादी र हाम्रो नेपाल पार्टीको गरी ५०सिट छ । आज मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ५६ मत चाहिन्छ ।
यस्तो अवस्थामा एसले समर्थन नदिने हो भने मुख्यमन्त्रिले विस्वासको मत नपाउने निश्चित जस्तै छ । नेकपा एसको हातमा जमकट्टेलको मुख्यमत्री पद देखिन्छ ।
प्रतिक्रिया