ताइवान भूकम्प अपडेटः ९ को मृत्यु, ८ सय घाइते

बुधबार, २१ चैत्र २०८०
काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ । भूकम्पमा परेर अन्य आठ सय भन्दा बढी मानिस घाइते भएका छन् । ताइवानमा आज २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो । भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको छ । आज बिहान ७ः५८ मा गएको भूकम्पको केन्द्रविन्दु २३।८१ डिग्री उत्तर अक्षांश र १२१।७४ डिग्री पूर्वी देशान्तरमा १२ किलोमिटर गहिराइमा रहेको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । वेनलिङ्ग र रुइआन शहरका बासिन्दाहरूले खिचेका भिडियो फुटेजहरूले भूकम्पको समयमा घर वा कार्यालयमा डरलाग्दो गरी झूमर हल्लाएको दृश्यहरु खिचेका थिए । भूकम्प आएपछि विद्यालयका भवनहरूबाट विद्यार्थीहरूलाई व्यवस्थित रूपमा बाहिर निकालेको भिडियो पनि खिचिएको थियो । भूकम्पको बेला हुझाउ शहरको वक्सिङ जिल्ला र चाङ्सिङ काउन्टीमा पनि धक्का महसुश गरिएको थियो । ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार