काठमाडौँ – मिस्टर एन्ड मिस नेशनल २०२४ का अन्तिम ३० जना प्रतियोगी छनोटको घोषणा भएको छ । बुधवार कमलादीस्थित रोयल सिङ्गी होटेलमा आयोजित स्यास सेरेमोनीमा सेमी–फाइनलिस्ट सार्वजनिक गरिएको हो ।
देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेशनल का सञ्चालक तथा मिस्टर एन्ड मिस नेशनल का राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बताए ।
स्यास सेरेमोनीमा सबै प्रतिस्पर्धीलाई प्रतियोगी अङ्क समेत प्रदान गरिएको हो । स्यास ग्रहण गर्दै प्रतियोगीले आफ्नो परिचय र रुचिबारे बताएका थिए । जसमध्ये धेरैको आकाङ्क्षा वातावरण, समाज र स्वास्थ्यमा योगदान पुर्याउनु रहेको बताए ।
यस पटकको प्रतिस्पर्धामा चिकित्सक, विद्यार्थी, मोडल, राष्ट्रिय खेलाडी लगायतका पेसाका युवा युवतीले यस पटक भाग लिएका छन्। देशमा विभिन्न स्थानबाट छनोट गरिएका प्रतियोगीलाई ३ हप्ताको ट्रेनिङ प्रदान गरिने र छनोट भएका सबै प्रतियोगीको पोर्टफोलियो सुट समेत गराइने आयोजकको भनाइ छ।
प्रतियोगिताका विजेतालाई साढे २ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोसर र नेपालको प्रतिनिधित्व गर्नका निम्ति पोल्यान्ड, अल्बानिया, इजिप्ट र थाइल्यान्ड पठाइने बताइएको छ ।
प्रतियोगितामा प्रतियोगीले ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, इलेजेन्स राउन्ड, फिटनेस राउन्ड,स्वीम वेयर राउन्ड, जस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने छन् भने पृथ्वी दिवसको अवसर पारेर वृक्षारोपण गर्ने विशेष योजना रहेको बताइयो ।
प्रतियोगिताको टप मोडल राउन्ड र स्वीम वेयर राउन्ड पोखराको द बिच रिपोर्ट र कुश्माको हार्नेस जिप लाइनमा आयोजना गर्ने योजना रहेको बताइएको छ । प्रतियोगितालाई अन्तरराष्ट्रिय स्तरका निर्णायकको उपस्थितिमा मूल्याङ्कन गरिने आयोजकको भनाइ छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण इमेज च्यानलबाट गरिने छ ।
उक्त सौन्दर्य प्रतियोगिता टु डर्मासँगको सहकार्यमा हुने र प्रतियोगिताको मुख्य प्रयोजक ग्लोबल स्कुल अफ साइन्स, टेलिभिजन पार्टनर इमेज टेलिभिजन, पेन्ट्स पार्टनर जस्मिन पेन्ट्स, टेलिकम पार्टनर नेपाल टेलिकम, भोटिङ पार्टनर खल्ती, इन्टरटेनमेन्ट पार्टनर क्यु एफ एक्स सिनेमा, हस्पिटल पार्टनर मेट्रो हस्पिटल, स्किन केयर पार्टनर फेस फरवार्ड रहेका छन ।
यस्तै ग्रुमिङ पार्टनर हेयर एन्ड शान्ति, मेकअप पार्टनर मेकअप दरबार, द फिजिकल वर्कसप, जिमखाना, नेपाल एयरलाइन्स, दाउरा थकाली, फिष्टेल एयर, टु मि, नेपाल टुरिजम बोर्ड, ट्रेन्डिङ नेपाल, रसुवा वाटर, स्कुल अफ ब्युटीसियन, रोयल सिङ्गी, रुटिन अफ नेपाल बन्द, भ्यु रेस्ट्रो एन्ड बार, गोदावरी भिलेज समेत जोडिएका छन् ।
प्रतिक्रिया