इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विहीबार, २२ चैत्र २०८०
इलाम  चैत्र / इलाम दुईमा हुन लागेको उप निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगकी निर्वाचन आयुक्त डा। जानकी तुलाधरले कार्यालयको उद्घाटन गरेकी हुन् । इलाम बजार स्थित बार एसोसिएसनको भवनमा कार्यालयको स्थापना गरिएको छ । निर्वाचन तालिका अनुसार नै कार्यालय स्थापना भइसकेको छ । अब तालिका अनुसार नै काम अगाडी बढाइने बताइएको छ । कार्यालय स्थापनापछि बोल्दै निर्वाचन आयुक्त डा। तुलाधरले सबै पक्षले निर्वाचन सम्पन्न सहयोग गर्नु पर्ने बताए । उनले तयारीकारलागि पूर्व चरणको कार्य भइरहेको बताए । निर्वाचन सफल बनाउन बिशेषत राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी र आम सर्वसाधारणको ठुलो हात हुने समेत धारणा राखे । स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गर्ने वातावरण भएको भन्दै सबैले निर्वाचन आचार संहिता पालना गरेर अघि बढ्नु पर्ने बताए । इलाममा निर्वाचन गर्न र गराउन सुरक्षाका हिसाबले कुनै चुनौती नरहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले जिल्लामा निर्वाचन सम्पन्न गराउन तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी खटाउने समेत बताए । निर्वाचन तालिका अनुसार नै बिहीबार इलाम बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि मात्र मतदाता नामावली टुङ्ग्याइने बताइएको छ । उपनिर्वाचन कार्य तालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचनका लागि आयोगमा लागि २० दल दर्ता भएका छन् । कार्यालय स्थापनापछि भएको औपचारिक कार्यक्रममा बोल्दै राजनीतिक हलका प्रतिनिधिहरूले निर्वाचनमा खट्ने कर्मचारीहरू मर्यादित हुनुपर्नेमा जोड दिए । उनीहरूले मतदान गर्ने कर्मचारीलाई निर्वाचनमा खटाउन नहुने भन्दै यस विषयमा ध्यान पुर्‍याउन सुझाव समेत दिएका थिए । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, केही उम्मेदवार र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार