अन्तरप्रदेश खेलकुद : कोशीको पोल्टामा ५६ पदक

मंगलबार, २७ चैत्र २०८०
चितवन : चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ५६ पदक जितेको छ । सोमबारबाट सुरु भएका विविध प्रतिस्पर्धाअन्र्तग दोस्रो दिनसम्म आइपुग्दा १० स्वर्णसहित कोशीले ५६ वटा पदक हात पारेको हो । कोशीले १० स्वर्ण पदक जित्दा १९ रजत र २७ कास्य गरी ५६ पदक जितेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । मंगलबार भएको करातेतर्फ कोशीले एक स्वर्णसहित १३ वटा पदक जित्यो । करातेको ८४ केजीतर्फ ईश्वरधन राईले स्वर्ण पदक जित्दा एकल कातातर्फ विवेक राईले रजत जिते । ५५ किलोतर्फ विद्याकला राई, ६७ केजीमा पर्वत बस्नेत, ५५ केजीमा सूर्यचन्द्र राई, ५० केजीतर्फ महिलामा दिव्या तामाङ र पुरुषतर्फ ५० केजीमा दिपेश राईले रजत जिते । एकल कातामा रोश्ना राई, ६८ किलोतर्फ मेनुका मगर, ४५ केजीमा स्मृति चौधरी, ८४ किलोमा केशव राई र ७५ किलोमा खरीहाङ दुमीले कास्य जित्दा टिम कातामा खरीहाङ राई, अर्जुन श्रेष्ठ र सूर्यचन्द्र राईको समूहले कास्य जित्यो । कोशीले स्वीमिङतर्फ ६ वटा रजत जित्यो भने १३ वटा कास्य जित्यो । एथ्लेटिक्सतर्फ दुईवटा गोल्ड, चार वटा सिल्भर र दुईवटा ब्रोन्ज गरी आठ वटा पदक जित्यो । तेक्वान्दोतर्फ कोशीले पाँच वटा स्वर्ण, दुईवटा रजत र ६ वटा कास्य गरी १३ पदक हात पा¥यो । महिला क्रिकेटतर्फ कोशी प्रदेशले दोस्रो हुँदै रजत पदक जित्यो भने ब्याडमिन्टनको टिम इभेन्टमा दुई स्वर्ण हात पा¥यो । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो । पुरुष क्रिकेट चैत २८ गतेदेखि हुने छ । प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख २ गते हुने छ ।प्रतियोगितामा करिब २ हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन् । प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्यका लागि प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ भने टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ । राष्ट्रिय प्रतियोगितामा दिइने पुरस्कार रकम एकदमै कम भएको गुनासो पनि छ । पुरस्कार रकमले खेलाडीको मनोबल बढाउन नसक्ने प्रशिक्षकहरू बताउँछन् । प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार