एक हजार ३ सय रुपैयाँले घट्यो सुनको भाउ

शुक्रबार, २७ माघ २०७९
नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ । आजको सुनको भाउ अनुसार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार