कुम्भ मेलामा चारजना बेहोस भएपछि उद्धार

सोमबार, ०३ बैशाख २०८१
बराहक्षेत्र - सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्यधिक गर्मीका कारणले बेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ । बराहक्षेत्र १० बस्ने ३० वर्षकी रिना पोख्रेल, काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर बस्ने ४५ वर्षीय अच्युत चौलागाई, उदयपुरकी ५६ वर्षीया मञ्जु खतिवडा र सर्लाही जिल्लाका ५० वर्षीय सन्तोष त्रिपाठी सोही ठाउँको पूर्ण महाकुम्भ मेलामा जाने क्रममा अचानक बेहोस भएका थिए । बेहोस भएपछि सुरक्षा बेस चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्थायी स्वास्थ्य शिविरमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि चतरा अस्पताल पठाएको हो । गत चैत्र २७ बाट वैशाख २८ गते सम्म सञ्चालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर सहित विपद् उद्धार टिम समेत परिचालन गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार