ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

शुक्रबार, १४ बैशाख २०८१
काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय पुगेको हो । तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार