इलाम-२ मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

आइतबार, १६ बैशाख २०८१
इलाम / इलाम-२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । प्राप्त विवरणअनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन् । अहिलेसम्म फाकफोकथुम १, २, ३ वडाका जम्मा ४१८१ मतगणना गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार