इलाम–२ मतगणना अपडेट : सुहाङले कटाए ४ हजार मत

आइतबार, १६ बैशाख २०८१
इलाम :  इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । नेम्वाङले ४४१३ मत सहित अग्रता बनाइरहँदा काग्रेसका उम्मेद्वार डम्बर खड्काले ३२५८ मतसहित पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ९६३  मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले ६४५ मत प्राप्त गरेका छन् । अहिले चुलाचुली वडा नम्बर १ मा मतगणना सुरु गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार