एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १९ जना घाइते (नामावली सहित)

मंगलबार, १८ बैशाख २०८१
इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ ।दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।  सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप दुर्घटनाका तीन गम्भीर घाइतेलाई झापाको अस्पताल रेफर गरिएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । प्रहरीका अनुसार इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको को २ च ४४७ नम्बरको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउ इक्सा होटल गोलाईमा दुर्घटना भएको थियो । सामान्य घाइतेलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको छ । चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्री प्रहरी नियन्त्रणमा रहेको डिएसपी प्रकाश जबेगूले जानकारी दिए । इलाम क्षेत्र २ को उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्बाङको विजय सभामा सहभागी हुन गाउँ–गाउँबाट मानिस इलाम बजार आएका थिए । प्रहरीका अनुसार घाइतेको नामावली  १) इलाम नगरपालिका ५ बस्ने वर्ष ३६ की तुलसा ढकाल, बाहिरी चोट नदेखिएको शरीरको भित्री भागमा दुखेको, अवस्था सामान्य २) इलाम नगरपालिका ५ बस्ने वर्ष ६२ को रामचन्द्र खनाल निधारमा चोट, अवस्था सामान्य ३) इलाम नगरपालिका ५ बस्ने ४२ की राधिका खनाल शरीरको विभिन्न अंगमा चोट, अवस्था सामान्य ४) इलाम नगरपालिका ५ बस्ने वर्ष ६६ को नेखनाथ खनाल छातिमा चोट, अवस्था सामान्य ५) इलाम नगरपालिका ५  बस्ने वर्ष ३६ की दुर्गादेवीघिमिरे टाउको चोट अवस्था बोल्न सक्ने सामान्य ६) इलाम नगरपालिका ५ बस्ने वर्ष ३८ की दीक्षा आचार्य, देब्रे खुट्टामा चोट, अवस्था सामान्य ७) इलाम नगरपालिका ५ बस्ने वर्ष ४८ को कृष्ण घिमिरे देब्रे हातमा र खुट्टामा चोट, अवस्था सामान्य ८) ऐ.ऐ. बस्ने वर्ष ३५ की लीलादेवी चापागाईं देब्रे हातमा चोट, अवस्था मध्यम ऐ. थप उपचारका लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर ९) इलाम नगरपालिका ५ बस्ने वर्ष ६६ को नगप्रसाद तिवारी देब्रे हात र खुट्टामा चोट, अवस्था सामान्य १०) ऐ.ऐ. बस्ने वर्ष ६८ को वासुदेव खनाल नाक र छातीमा भित्री चोट अवस्था गम्भीर, ऐ. थप उपचारका लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर ११) इलाम नगरपालिका ५ बस्ने वर्ष १५ की अन्जु बजगाईं, देब्रे खुट्टामा चोट, अवस्था सामान्य १२) इलाम नगरपालिका ५ बस्ने वर्ष २० की निरुता ढकाल, देब्रे हातमा चोट, अवस्था सामान्य १३) इलाम नगरपालिका  ४ बस्ने वर्ष ५० को प्रकाश सोङ्मीको देब्रे हातमा चोट, अवस्था सामान्य १४) इलाम नगरपालिका ५  बस्ने वर्ष ५३ को वेदप्रसाद रिजाल, दाहिने हातमा चोट, अवस्था सामान्य १५) इलाम नगरपालिका ५ बस्ने वर्ष ७५ की लक्ष्मि आचार्य, देब्रे हात र टाउकोमा चोट, अवस्था सामान्य १६) इलाम नगरपालिका ५  बस्ने वर्ष वर्ष ५७ को सूर्यप्रसाद दुलाल, घाँटीमा भित्री चोट, अवस्था गम्भीर, थप उपचारको लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर १७) इलाम नगरपालिका ५ बस्ने वर्ष वर्ष ५० की लक्ष्मी दुलाल, घाटीमा चोट, अवस्था सामान्य १८) इलाम नगरपालिका ५ बस्ने वर्ष २० की प्रति ढुङ्गाना टाउकोमा चोट, अवस्था मध्यम बोल्न सक्ने १९) जिल्ला इलाम सन्दकपुर गा.पा १ बस्ने वर्ष ४० को रमेश राईको देब्रे पाखुरामा चोट अवस्था सामान्य

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार