इलाम / इलामको बिब्ल्याँटेमा आजबाट रमाइलो मिनी महोत्सव सुरु हुँदै छ । हेलिबोथ फुटबल क्लबको आयोजनामा बिब्ल्याँटे रमाइलो मिनी महोत्सव २०८१ हुने भएको हो ।
महोत्सव जेठ ९ गते समापन हुने क्लबका अध्यक्ष पूर्ण फत्रले जानकारी दिए । उनका अनुसार दैनिक विभिन्न खेलकुदका कार्यक्रम सहित राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति समेत रहने छ ।
महोत्सवमा प्रमोद खरेल, श्रीकृष्ण लुइँटेल, रचना रिमाल, मेलिना राई, निशान्त भट्टराई, प्रीति आले सहित द लिजर्ट ब्यान्ड को प्रस्तुति एवम् स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।
महोत्सवको व्यवस्थापन कन्काई फन वर्ल्ड झापाले गरेको छ ।
प्रतिक्रिया