सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले अग्रता बढाएका छन् ।
सुरुवातदेखि नै अग्रता बनाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापालाई करिव २ हजार मतान्तरले पछि पारेका छन् ।
हालसम्ममा सुनसरी २ अन्तर्गत इटहरी उमहानगरपालिकाको वडा नम्वर १,२,३,४,५,१६,१७,१८ र देवानगन्जको १,२,३ र ४ वडाको मतगणना सकिएको छ । ताजा मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार भीम आचार्यले १३ हजार २ सया २४ मत प्राप्त गरेका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले ११ हजार ३ सय ३३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सीताराम मेहताले ११ हजार ५१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया