पाँच वर्षपछि खुल्यो नेपाल-तिब्बत सिमा टिपताला नाका

शनिबार, १२ जेठ २०८१
ताप्लेजुङ / नेपाल र चीन नाका पाँच वर्षपछि खुलेको छ । नेपाल चिन तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको हो ।
कोरोना भाइरस आएसँगै बन्द भएको सो नाका शुक्रवार देखी खुलेको हो । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा पर्ने नेपाल तिब्बतको सिमाना टिपताला कोरोना महामारीपछि चीनले एकपक्षीय रूपमा बन्द गरेको थियो ।
नेपाल सरकारसहितका निकायबाट निरन्तर हुँदै आएको पहल र प्रयत्नपछि नाका खुला भएको हो । टिपताला खुला भएसँगै शुक्रवार ३३ जना नेपाली तिब्बतको रिउ पुगेका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिए । अध्यक्ष लिम्बूका अनुसार ओलाङ्चुङगोला, याङ्मा लगायतका स्थानीय तिब्बत गएका हुन् । ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले व्यापारिक अभिप्रायले स्थानीयहरु तिब्बत गएका बताए । वडाध्यक्ष शेर्पाका अनुसार सात दिनको समय लिएर स्थानीयहरु तिब्बतको रिउ गएका हुन् । यसअघि मे ७ अर्थात् वैशाख २५ गतेदेखि नै नाका खुल्ने खबरपछि यहाँका स्थानीयले तिब्बत जाने तयारी सुरु गरेका थिए । मे ७ कै दिन ओलाङ्चुङगोलाका स्थानीय तिब्बत जानका लागि टिपताला नजिक मौवाटारसम्म पुगेका थिए । अहिलेसम्म नाका खुला नहुँदा ओलाङ्चुङगोला, याङ्मा, पापुङ, घुन्सा लगायतका बासिन्दाले तिब्बतमा रहेका आफन्तसँग भेटघाट गर्न पाएका थिएनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार