इटहरीमा घरको छतबाट सफारी बोलाउदा करेन्ट लागेर २४ वर्षीय पुरुषको मृत्यु

शनिबार, १९ जेठ २०८१
इटहरी  । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका २ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मिया रहेका छन् । उनको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई इटहरी उपमहानगरपालिका ८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छतबाट सिटी सफारी बोलाउने क्रममा नजिकै रहेको विद्युत्‌को तारबाट करेन्ट लागेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार