सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन् ।
पछिल्लो मतपरिणामअनुसार चौधरीले ११ हजार ७१६ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छन् ।
नेपाली कांग्रेसका विजयकुमार गच्छदार दोस्रो स्थनमा छन् । उनले ७ हजार ३२३ मत प्राप्त गरेका छन् ।
उनीहरूबीचको मतान्तर ४ हजार ३९३ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले भने चार हजार ८५५ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म इटहरीको ६ देखि १५ र इनरुवाको ७ नं। वडाको मतगणना सम्पन्न भएको छ ।
अहिले गढी गाउँपालिका १ को मतगणना भइरहेको बताइएको छ ।
प्रतिक्रिया