बेलबारीको नहरमा भेटियो नाबालकको शव

विहीबार, ३१ जेठ २०८१
विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ स्थित नहरमा नाबालकको शव फेला परेको छ । बेलबारी–६ का विनोद वनका ६ वर्षीय छोरा विवश वनको शव फेला परेको प्रहरीले जनाएको छ । विवश बुधबार साँझदेखि सम्पर्कविहीन बनेका थिए । खोजी गर्ने क्रममा बिहीबार बिहान ९ बजेतिर शव फेला परेको हो । घरदेखि नै सम्पर्कविहीन बनेका विवशको रातभर खोजी गरिएको थियो । प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार