मोरङको जहदामा करेन्ट लागेर सासूको मृत्यु, बुहारी घाइते

विहीबार, ३१ जेठ २०८१
विराटनगर । मोरङको जहदा गाउँपालिका–१ झैलाचोकमा करेन्ट लागेर बिहीबार दिउँसो एक जना महिलाको मृत्यु भएको छ । मृतक महिलाकी बुहारी घाइते भएकी छन् । प्रहरीका अनुसार आफ्नै घरमा मोटर चलाएर कपडा धुने क्रममा दिउँसो १२ः३० बजेतिर विद्युर्त सर्ट भइ करेन्ट लाग्दा सासू ४५ वर्षीय रेवतीदेवी सरवरिया र बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएका थिए । गम्भीर अवस्थाकी रेवतीदेवीको उपचारका क्रममा विराटनगरको मकालु अस्पतालमा दिउँसो २ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर घाइते भएकी चन्द्रिकाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको डीएसपी बस्नेतले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार