वर्ड फ्लुबाट अर्को महामारी आउन सक्ने चेतावनी

मंगलबार, ०४ असार २०८१
काठमाडौँ । विश्वभर वर्ड फ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरू बाहिर आइरहेका छन् । अब रोग नियन्त्रण र रोकथाम केन्द्र ९सी डिसी० का पूर्व निर्देशक रोबर्ट रेड फिल्डले अर्को महामारी वर्ड फ्लुबाट आउन सक्ने दाबी गरेका छन् । बेलायतको मिडिया हाउस इन्डिपेन्डेन्टका अनुसार एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा रोबर्ट रेड फिल्डले कोरोनाभन्दा वर्ड फ्लुको मृत्युदर बढी रहेको बताए । उनले कोरोनामा मृत्युदर ०.६ प्रतिशत रहेको बताए भने यो दर २५ देखि ५० प्रतिशत रहेको बताए । चिकित्सकका अनुसार वर्ड फ्लुको एच ५ एन १ भाइरस मानिसमा फैलिरहेको छ । एच ५ एच ५ एन १ ले १० मध्ये ६ जनाको ज्यान लिन्छ । यद्यपि, रोबर्ट रेड फिल्डले वर्ड फ्लु कहिले महामारीमा परिणत हुन्छ भनेर भने भनेनन् । वर्ड फ्लु के हो? वर्ड फ्लु इन्फ्लुएन्जा भाइरसबाट हुने सङ्क्रमण हो । यो सामान्यतया चरा र जनावरहरूमा फैलिन्छ । कहिलेकाहीँ यो सङ्क्रमित जनावरहरू मार्फत मानिसमा पनि फैलिन सक्छ । वर्ड फ्लुका धेरै प्रकारहरू धेरै घातक हुन्छन् । यद्यपि, एच ९ एन २ को मामलामा धेरै गम्भीर समस्याहरू देखिएका छैनन् । इन्फ्लुएन्जा भाइरस चार प्रकारका हुन्छन्, इन्फ्लुएन्जा ए, बी, सी र डी । यी धेरैजसो एभियन इन्फ्लुएन्जा भाइरसहरूले मानिसहरूलाई सङ्क्रमित गर्दैनन् । तर, मानिसमा ए(एच ५ एन ) र ए (एच ७ एन ९) बाट सङ्क्रमित हुने जोखिम हुन्छ । अब ए (एच ९ एन २ ) नयाँ खतराको रूपमा देखा परेको छ। वर्ड फ्लुका लक्षणहरू- बर्डफ्लुले सबैभन्दा बढी श्वासप्रश्वास प्रणालीलाई असर गर्छ । यसका प्रमुख लक्षणमा खोकी लाग्ने, पेट खराब हुने, डायरिया हुने, श्वास फेर्न मुस्किल हुने, ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, थकान या कमजोरी महसुस हुने, नाकबाट सिँगान आउने र गलामा चिलाउने, आँखा रातो हुने जस्ता लक्षणहरू देखिन्छन् । वर्ड फ्लु कसरी सर्छ? बर्डफ्लु चराहरूमा पाइने इन्फ्लुएन्जा भाइरसबाट सर्छ। अहिलेसम्म यो एक व्यक्तिबाट अर्को मानिसमा सरेको कुनै घटना भएको छैन। तैपनि, विज्ञहरू डराउँछन् कि कुनै पनि समयमा एक उत्परिवर्तन उत्पन्न हुन सक्छ जुन मानिसबाट मानिसमा फैलिन सक्छ। वर्ड फ्लु कति खतरनाक छ? मानिसमा एभियन इन्फ्लुएन्जा भाइरसको पहिलो केस सन् १९९७ मा हङकङमा भेटिएको थियो । यो एच ५ एन १ थियो र यसको मृत्यु दर लगभग ६० प्रतिशत थियो, जसको मतलब १० मध्ये ६ जना यसबाट प्रभावित भएका थिए । क्लिभल्याण्ड क्लिनिकका अनुसार वर्ड फ्लु अहिलेसम्मकै सबैभन्दा घातक रोगहरू मध्ये एक हो । संसारमा यसको मृत्यु दर ५० प्रतिशत भन्दा बढी छ । यसको अर्थ बर्डफ्लुबाट सङ्क्रमित १० जनामध्ये ५ जनाको मृत्यु हुन्छ । वर्ड फ्लुको नयाँ संस्करण, एच ९ एन २, जसको बारेमा हामीले कुरा गरिरहेका छौँ, चराहरूमा मृत्युदर लगभग ६५ प्रतिशत छ । अहिलेसम्म मानिसमा यस्ता धेरै घटनाहरू देखिएका छैनन् । फेला परेका केसहरूमा, यो धेरै घातक साबित भएको छैन । वर्ड फ्लुको जोखिम कारक के हो? इन्फ्लुएन्जा भाइरस धेरै दिनसम्म बाँच्न सक्छ । एच ९ एन २ बाट सङ्क्रमित चराहरूले १० दिनसम्म मल र र्‍याल मार्फत भाइरस फैलाउन सक्छ । सङ्क्रमित सतहहरू छोएर पनि सङ्क्रमण फैलन सक्छ । खास गरी कुखुरा पालक किसान, सङ्क्रमित क्षेत्रमा जाने व्यक्ति, सङ्क्रमित पन्क्षीको सम्पर्कमा आएको व्यक्ति, कुखुराको मासु र अन्डा खाने व्यक्ति, सङ्क्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र सम्पर्क व्यक्तिका परिवार यसको सङ्क्रमणमा आउन सक्छन् । बर्डफ्लुबाट बच्न केही सावधानी अपनाउन सकिन्छ । जसमा वान्य्जिव क्षेत्र वा पन्क्षी विहार जान बन्द गर्ने, बिमार र मृत पन्क्षीलाई छुनबाट बच्ने, खानुभन्दा अगाडी कुखुराको मासु र अण्डालाई राम्रोसँग पकाउने, पन्क्षीको नजिक गएपछि हात सेनेटाइज गर्ने, पोल्टी बजार वा पोल्टी फार्म जानबाट बच्ने र हात नधोई अनुहार तर्फ नछुने जस्ता सावधानी अपनाउन सकिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार