भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

विहीबार, १३ असार २०८१
महोत्तरी । महोत्तरीको औरही नगरपालिकाबाट आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको जनाएको छ । घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार