अन्तरजातीय विवाह गर्ने १० जोडी सम्मानित 

मंगलबार, ०१ साउन २०८१
ताप्लेजुङ / मेरिङ्देन गाउँपालिकामा अन्तर–जातीय विवाह गर्ने जोडीलाई  सम्मान गरिएको छ । अन्तर–जातीय अर्थात् दलित र गैर दलितबिच विवाह गर्ने जोडीलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर) का अनुसार अन्तर–जातीय विवाह गर्ने १० जोडीलाई सम्मान गरिएको हो । गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अन्तर–जातीय विवाह गर्ने जोडीलाई नगदसहित सम्मान गरिएको अध्यक्ष हाङगामले जानकारी दिए । उनकाअनुसार प्रत्येक विवाहित जोडीलाई पाँच हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ । गाउँपालिकाभित्र दलित र गैर दलितबिच वैवाहिक सम्बन्ध जोडेका अर्थात् अन्तर–जातीय विवाह गरेका १६ जोडीलाई निमन्त्रणा गरेर सम्मान गरिएको हो । गाउँपालिकाले निमन्त्रण गरेकामध्ये छ जोडी जिल्ला बाहिर रहेका र कार्यक्रममा उपस्थित १० जोडीलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष दुर्गा श्रेङ चोङ्वाङले बताए । मेरिङ्देन गाउँपालिकालाई छुवाछूत मुक्त पालिका घोषणा गर्ने अभियान स्वरुप अन्तर–जातीय अर्थात् दलित र गैर दलितबिच वैवाहिक सम्बन्ध कायम गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिका बताइएको छ । अन्तर–जातीय विवाह गर्ने जोडीलाई गरिएको सम्मानले सकारात्मक सन्देश दिने र जातीय छुवाछूत तथा भेदभाव अन्त्य गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार