विपद्‍मा परी ४० दिनमा देशभर एक सय २८ जनाको मृत्यु, बेपत्ता र घाइते कति ?

शनिबार, ०५ साउन २०८१
इटहरी : विपद्‍मा परी ४० दिनमा देशभर एक सय २८ जनाको मृत्यु भएको छ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार (आज) दिउँसोसम्म १ सय २८ जनाको मृत्यु भएको हो । विपद्‍मा परी सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । यसैगरी लुम्बिनी प्रदेशमा २३ जना, कोशी र बागमतीमा २२–२२ जना, सुदूरपश्चिम प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ७ जना, मधेस प्रदेशमा ५ जना र काठमाडौं उपत्यकामा २ जना रहेका छन् । यसैगरी एक सय ४३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सबैभन्दा बढी कोशी प्रदेशमा ३४ जना छन् । कर्णाली प्रदेशमा ३३, गण्डकी प्रदेशमा २९, सुदूरपश्चिम प्रदेशमा १४, मधेस प्रदेशमा ९, लुम्बिनी प्रदेशमा ९, काठमाडौं उपत्यकामा ८ र बागमती प्रदेशमा ७ जना घाइते भएका छन् । साथै कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन्। बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५ सय ८९ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय ७९ घर परिवार विस्थापित भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार