पाहुना आएका भिनाजुको खुकुरी प्रहार गरी हत्या

शनिबार, ०५ साउन २०८१
सोलुखुम्बु : सोलुखुम्बुमा एक पुरुषले आफ्नै भिनाजुको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बस्ने ६० वर्षीय सुरेश बस्नेतको खुकुरी प्रहार गरी हत्या गरिएको हो । हत्या गरेको आरोपमा सोही गाउँपालिका २ बस्ने ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार