काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको ७ बुँदे सहमति प्रतिनिधिसभाको बैठकमा सार्वजनिक गरेका छन् ।
विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि ओलीले ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् ।
राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेले सरकार बनाउने, यसमा आफूले २ वर्ष र त्यसपछि २०८४ को चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने घोषणा ओलीले गरे ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार विस्थापित गर्न गत असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको थियो ।
सोही सहमतिअनुसार ओली असार ३० गते प्रधानमन्त्री बनेका थिए ।
सहमतिमा राजनीतिक स्थायित्वका लागि तदनुकूल कानूनको निर्माणलाई प्राथमिकता दिने, अर्थतन्त्रलाई चलायमान बनाउन आन्तरिक र बाह्य लगानीको वातावरण बनाउने सहितका विषय समेटिएका छन् ।
सहमतिको दोस्रो बुँदामा संविधान संशोधनको विषय पनि उल्लेख छ ।
सात बुँदेमा लुकाउनुपर्ने विषय केही नभएको भन्दै ओलीले विश्वासको मतको प्रक्रियाका क्रममा यसलाई सार्वजनिक गरिएको जानकारी दिए ।
प्रतिक्रिया