अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना

आइतबार, ०६ साउन २०८१
विराटनगर : अभिनेता हरिवंश आचार्य अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनी आइतबार अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार विराटनगर आएका थिए । आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका छन् । आचार्यको अवस्था सामान्य रहेको बताउँदै उनले स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार