व्यवसायीक कृषिमा किसान 'किवी’ गाउँका रुपमा चिनिएको इलामको खतिवडा बस्ती

शनिबार, १२ साउन २०८१
इलाम । सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि छ । तर हाम्रो देशमा अहिले पनि ७० प्रतिशतभन्दा बढी नेपाली कृषि पेसामा नै रहेको भए पनि कृषकको सम्मान र यस पेसा प्रतिको आकर्षण भने घट्दो छ । जसका कारण बिहानदेखि बेलुकासम्म खेतबारीमा काममा खट्ने या दैनिक गाईबस्तुको स्याहार गर्ने मानिसको कमी हुँदै गएको छ । तर इलाम सन्दकपुर गाउँपालिकाका तारामणि खतिवडा भने यो मान्यताभन्दा पृथक् छन् । उनी सरकारी जागिर छोडेरै व्यावसायिक कृषि पेसामा संलग्न भएका छन् । खतिवडाले सर्वोच्च अदालतको जागिर छोड्दा धेरैले बिग्रियो पनि भने । नायब सुब्बा पदमा कार्यरत उनले जागिर छोडेरै किवी फल खेतीमा लाग्ने सोच बनाए । विसं २०६४ देखि सो खेतीमा लागेका उनले जागिरबाट भन्दा धेरै आम्दानी किवी खेतीबाट गरेको बताउँछन् । ‘उ बेलाको नायब सुब्बा पद बढेर हाल माथिल्लो पद पुगिन्थ्यो होला, कमाई पनि मासिक ५० हजारको हाराहारीमै हुन्थ्यो होला, तर त्योभन्दा धेरै माथिको छ मेरो अहिलेको कमाई’, उनले भने । कृषक खतिवडा आफू मात्र नभएर सो पेसामा धेरैलाई संलग्न गराएका छन् । सुरुमा किवी फल के हो रु यो कहाँ राम्रो फल्छ रु भन्नेसम्म जानकारी नपाएकाहरूले हाल व्यावसायिकतासँगै राम्रो आम्दानीको स्रोत समेत बनाएका छन् । काठमाडौँमा सरकारी जागिर छोडेर खतिवडाले ललितपुरमा नै कृषिमा काम गर्ने सोच बनाए तर, पछि भने आफ्नै जन्मथलोमा फर्किएर कृषि कर्ममा लागेको उनी बताउँछन् । हाल सोही पेसामा आफ्ना भाइ, भतिजहरूलाई पनि संलग्न गराएका छन् । सँगैका दाजुभाइ एवं गाउँलाई नै किवीमय बनाउने काममा उनकै हात रहेको सन्दकपुर(३ का ठाकुर खतिवडाको भनाइ छ । विसं २०७३ मा सर्वोच्च अदालतबाट कार्यालय समयभन्दा केही समयअगाडि निस्किएर पसलमा जाँदा नयाँ फल देखेपछि उनले २२५ रुपैयाँमा तीन दाना किवी खरिद गरेको बताए । फल मीठो भएपछि अर्को दिन सोही ठाउँमा गएर किवी लिएर आए र यससम्बन्धी जानकारी खोज्न थाले । इन्टरनेट र विभिन्न माध्यमबाट किवीसम्बन्धी जानकारी खोजी लिएर जन्मथलो फर्किएका उनी गएको १० वर्षदेखि यही खेतीमै छन् । सन्दकपुर गाउँपालिका-३ ताल गाउँमा करिब ५० घर परिवार खतिवडाको बस्ती छ । साबिक सुलुबुङ्ग गाविस-५ मा तीन घर बाहेक सबै परिवार खतिवडाकै बस्ती छ । पहिले खतिवडा बस्ती भनिने यो ताल गाउँलाई आजकल किवी बस्तीको नामले पनि चिन्न थालिएको छ । किवीलाई इलाममा तारामणि खतिवडाले नै भित्र्याएका भने होइन । तर किवीलाई एक ब्रान्डका रूपमा विकास गर्न उनको भूमिका महत्त्वपूर्ण छ । सो स्थानमा मात्र नभएर सन्दकपुर गाउँपालिकासँगै जिल्लाका सबै स्थानीय तहमा धेरैले व्यावसायिक खेती गरिरहेका छन् । पाँचथर, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटालगायत जिल्लामा समेत इलामबाट नै किवीका बिरुवा लगेर रोप्न सुरु गरिएको छ । किवीका बिरुवा, दाना र प्रशोधन गरिएका वस्तुहरूबाट राम्रो आम्दानी हुने गरेको किसान ठाकुर खतिवडाको भनाइ छ । उनले यस वर्ष बेच्न करिब १० लाखका बिरुवा ठिक्क पारेको बताए । किवी र त्यसबाट बनेका परिकार ‘धरानमा इलाम’ नामक एक कार्यक्रममा बिक्री गरेपछि हौसला प्रदान भएको बताए । विगत वर्ष धरानमा किवी र यसका परिकार बेच्न थालेपछि लकडाउनकै बिचमा पनि धेरै फोन आएको उनले बताए । यस वर्ष आफै जानु नपर्ने र फोन सम्पर्कबाट नै धेरै बिक्री गर्न सकिने लक्ष्य रहेको उनले बताए । उनले घरमै बसेर किवी बेच्न सकिने बताए । सोही ठाउँमा रुद्र खतिवडाले गएको वर्ष १० लाखभन्दा बढीको बिरुवा मात्र बेचे । उनले यस वर्ष विगतभन्दा दोब्बर बिरुवा बेच्ने लक्ष्य राखेका छन् । उनको समय किवीको स्याहारसुसारमा नै बित्ने गरेको छ । कोरिया जाने लक्ष्यका साथ कोरियाली भाषा पढे पनि अब कोरिया जति कमाई नेपालमा नै बसेर गर्न सकिने उनको भनाइ छ । उनी घरमै बसेर कमाउन सक्ने भएपछि किन विदेश जानु भन्छन् ।किवीको बिरुवा प्रतिगोटा रु एक सयदेखि तीन सयसम्म पर्दछ । जातअनुसार बिरुवाको मूल्य फरक पर्ने किसानको भनाइ छ । किवी बहुवर्षे बिरुवामा पर्छ । एक पटक रोपेपछि २० वर्षभन्दा बढी आम्दानी लिन सकिने यससँग संलग्न किसानको भनाइ छ । किवी खेती बढ्दै गएपछि सरकारले सन्दकपुर गाउँपालिकामा किवी जोन नै घोषणा गरेर यस खेतीलाई विस्तार गर्ने काम गरिरहेको छ ।किवी जोनमार्फत किसानले अनुदानमा उपकरण र बिरुवा पाउने गरेका छन् । इलाममा उत्पादित किवीका बिरुवा नेपालभर नै बिक्री भइरहेको छ । नेपालमा प्रायः एलिसन, हे वार्ड, रेड ९रातो० किवी मन्टी, सोयु ब्रुनोलगायत जातका किवी पाइन्छन् । जातको किवी समेत पाइने गरेको छ । किवीबाट किसानले फल र बिरुवाबाट उत्तिकै आम्दानी लिने गरेका छन् । दुवैबाट उत्तिकै आम्दानी हुने भएपछि पनि किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् । लहरा प्रजातिको किवीको सामुद्रिक सतहदेखि एक हजार ४०० मिटरदेखि दुई हजार ५०० मिटर उचाइको भूगोलमा खेती गर्न सकिने बताइएको छ ।किवीलाई नेपालमा महँगो फलका रूपमा लिइन्छ । सुरुमा प्रतिकिलो रु छ सयदेखि एक हजारसम्म किनबेच भएको किवी हाल सस्तो बन्दै गएको छ । हाल प्रतिकिलो रु डेढ सयदेखि तीन सय सम्ममा किनबेच भइरहेको छ । एउटै फलमा धेरै फलफूलको स्वाद पाइने र धेरै पौष्टिक तत्त्व पाउन सकिने भएकाले यो फलको महत्त्व बढेको किसान बताउँछन् । अण्डा आकारको यो फल लहरामा झुन्डिएर फल्दछ । एक थरी किवीमा बाहिर झुस जस्तो हुन्छ भने रातो किवीको बोक्रा भने चिल्लो हुन्छ । काट्दा भित्र हल्का हरियो भएको किवीलाई ‘ग्रिन’ अर्थात् हरियो किवी भनिन्छ । काट्दा भित्र रातो देखिने किवीलाई ‘रेड’ किवी भनिन्छ । रेड किवी दुई वर्षअघि देखि मात्र नेपालमा पाउन थालिएको हो । किवीमा गुलियो र अमिलो स्वादको मिश्रण पाइन्छ । पोसिलो र औषधीय गुण रहेको र रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले पनि यो फल नेपालमा लोकप्रिय बन्दै गएको किसान बताउँछन् ।
साभार : Krishi Press
तस्वीर तथा जानकारी - तारामणि खतिवडा/ईलाम 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार