नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतियोगितामा विजेताहरूलाई पुरस्कृत समेत गरिएको एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालका महासचिव प्रकाश राईले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार क्रमशः १५ हजार, १० हजार, सात हजार र तीन हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
महासचिव राईले भने, ‘यो कार्यक्रमले कर्मचारीहरूलाई प्रत्यक्ष जनतासँग जोडिन सहज हुने अपेक्षा लिएका छौँ ।’ प्रतियोगिताले कर्मचारीहरू जनताको मनोभावनासँग जोडिने र सम्बन्ध थप सुमधुर हुने बताए । प्रतियोगितामा देशभरबाट एक सय ६२ कविता प्राप्त भएको थियो । जसमध्ये उत्कृष्ट २० कविता छनोटमा परेको सहिद मनोज–झपेन्द्र स्मृति प्रतिष्ठानका महासचिव हरिकाजी राईले जनाए ।
                        
प्रतिक्रिया