कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते

शुक्रबार, १८ साउन २०८१
इटहरी : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (मौका)परीक्षा आगामी भदौ २५ र २६ गते सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले पुरक परीक्षाको लागि तालिका आवेदन फारम भर्न आह्वान गरेको छ। २०८० सालको कक्षा १२ को नतिजा आज (शुक्रबार) सार्वजनिक भएको थियो। सार्वजनिक नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागीता जनाउन पाउने बोर्डले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार