बाँदरलाई कृषिबाली हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी

विहीबार, ३१ साउन २०८१
काठमाडौँ । सरकारले बाँदरलाई कृषि बालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने विषयमा छलफल समेत भइसकेको छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाका अनुसार समितिमा छलफल चलिरहेको छ तर घोषणा भइसकेको छैन । ‘समितिमा छलफल चलेको हो तर सरकारले घोषणा गरिसकेको छैन । बँदेललाई गतबर्ष नै घोषणा गरिसकेको हो । बाँदरलाई पनि घोषणा गरिए राजपत्रमा आइहाल्छ नि,’उनले भने । कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि किसानले खेतबारीबाट बाँदरलाई धपाउन, लखेट्न, पक्रिन र मार्न पनि सक्ने बताइएको छ । हालको अवस्थामा कुनै पनि वन्यजन्तुलाई लखेट्न, धपाउन, पक्रिन र मार्न कानुन विपरीत मानिन्छ । सरकारले यसअघि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । यसअघि बाँदर नियन्त्रणका विषयमा तालिम लिन भारत गएका वन र भेटेनरीका प्राविधिकको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको छ । बाघ, हात्ती, गैँडा, नीलगाई, चितुवा र बाँदरसहित विभिन्न १६ वटा प्रजातिका वन्यजन्तुले मानवीय तथा भौतिक क्षति पु¥याउने गरेकोले तत्कालै बाँदरको समस्या व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार