उनले यो वर्ष चुनावी वर्षका रुपमा बितेको जनाऊदै बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिने र तेसपछी विकास निर्माणको काममा लाग्ने बताए ।
यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको जनाउदै प्रधानमन्त्री प्रचण्डले गोरखाको जनप्रतिनिधिको हैसियतले लगानीकर्ता हरुलाई विशेष धन्यवाद समेत दिए । गोरखाबाटै विकासका लागि यस हाइड्रोको उदघाटन गर्ने अवसर जुटाइदिनुभएकोमा प्रधानमन्त्रीले धन्यवाद ब्यक्त गर्दै यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास लिएको बताए ।
उक्त कार्यक्रममा विकास हाईड्रो पावरका प्रवन्ध निर्देशक कृष्ण घिमिरेले स्वागत मन्तब्य गर्दै हालसम्म साथ दिने र उपस्थित सबै अतिथी,सेयर सदस्यहरुलाई धन्यवाद ब्यक्त गरे । यस कम्पनीको नेतृत्व गैर आवासिय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन भने सञ्चालक समितिको प्रवन्ध निर्देशकमा कृष्ण प्रसाद घिमिरे,निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्र बहादुर ढकाल, सुनिल श्रेष्ठ लगायतका युवा ब्यवसायिहरु रहेका छन ।
उक्त कार्यक्रममा हाईड्रोका अध्यक्ष र निर्देशक संगै लगानीकर्ताहरु गैर आवासिय नेपाली संघका कोषाध्यक्ष लोक प्रसाद दाहाल,सुनिल शर्मा,रामजी बगाले,सन्तोष कोईराला,मणि गुरुङ,बालकृष्ण खड्का,इश्वर सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।
एनआरएनएका कोषाध्यक्ष एबं हाईड्रोका लगानीकर्ता लोक दाहालले दिईएको समयसिमामा कैयौ हाईड्रो नबनेको अवस्थामा विकास हाईड्रो भने ६ महिनापहिले नै निर्माण सम्पन्न गरेकोमा अध्यक्ष न्यौपाने र ब्यवस्थापन टिमलाई धन्यवाद ब्यक्त गरे । अस्ट्रेलियाका ब्यावसायी एबं हाईड्रोका निर्देशक जोन घलेले आफु शुभारम्भ कार्यक्रममा उपस्थित हुन नसकेको जनाउदै हाईड्रोको ब्यवस्थापन टिम राम्रो भएकाले आफुले अरु प्रोजेक्टमा पनि थप लगानी गर्ने बताए । उक्त हाइड्रो सम्पन्न गरेलगत्तै अर्को हाइड्रो पनि निर्माण शुरु गरिने संचालकहरुले कार्यक्रममा नै घोषणा गरेका छन ।
गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको बुढि गण्डकी नदिको सहायक नदि माछा खोलामा करिब १ अरब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी रहेको छ । यस आयोजनाले नेपाल बिद्युत प्राधिकरण संग बिद्युत खरिद बिक्री संम्झौता अनुुसार २०८० साल आषाढ ३० गते बिद्युत उत्पादन संम्पन्न गर्ने लक्ष्य रहेपनी सो मिति भन्दा ६ महिना अगावै सम्पूर्ण निर्माणकार्य सम्पन्न गरि उत्पादन सुरु गरेको छ ।
यस आयोजनाले निमार्ण अवधिमा सो क्षेत्रका १५० भन्दा धेरै स्थायिनलाई रोजगारी प्रदान गरेको थियो भने हाल आयोजना निर्माण सम्पन्न पश्चात आयोजना सञ्चालनका लागि २० भन्दा माथि ब्यक्तिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी अवसर प्रदान गरेको छ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा सञ्चालित यस आयोजनामा गैर आवासिय नेपालीहरुसङ्गै स्वदेशका ब्यावसायीहरुको उत्साहजनक सहभागिता र लगानी रहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस कम्पनीले आयोजना प्रभावित क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ । स्थानिय क्षेत्रमा वासिन्दाहरु हिंडडुल गर्ने बाटोघाटो र पुलको मर्मत गरिएको छ । स्थानिय सरकार संग समन्वय गरी स्थानिय बाटोहरु मर्मत तथा स्तरोन्नती गरिएको छ। खेतिपातीको सिचाइका लागि कुलो मर्मत गरिएको छ । त्यसैगरी वातावरण संरक्षण गर्नको लागि वृक्षारोपण गर्ने, भुक्षय रोकथामका कार्यहरु गर्ने र आयोजनाबाट निस्कने प्रदुषण कम गर्ने उपायहरु गरिएका छन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले खुद मुनाफाको १ प्रतिशत रकमको व्यवस्था गरी खर्च गर्ने प्रचलन रहेको छ ।
प्रतिक्रिया