एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतमले हार निश्चित भएपछि कर्कीले बखेडा निकालेको आरोप लगाएकी छन् । समस्या पहिले नै उत्पन्न भएको थियो भने पहिले नै नभनेर अन्तिम अवस्थामा भन्नुको तात्पर्य के हो ? इटहरी उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी गौतमले भनिन् । यता भर्खरै एमालेबाट प्रदेश संसदमा निर्वाचित रेवती रमण मण्डारीले अब पुन मतगणना गर्न नमिल्ने र उक्त कुरा कानुन सम्वत नभएको बताएपछि माहोल केही समयका लागि तातिएको थियो ।
विवाद उत्पन्न भएपछि त्याहाको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठकमा निर्वाचन अधिकृतको कार्यालयले गणना गर्ने कर्मचारीबाट गल्ती भएको स्वीकार गरेको छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ७१ मतले अघि छन् ।
प्रतिक्रिया