यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

शुक्रबार, ०७ भदौ २०८१
तनहुँ : तनहुँको तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ। शुक्रबार (आज) बिहान ११:३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्छ। बसमा कति यात्रु थिए, कहाँबाट कता जाँदै गरेको बस हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार