नेपालमा ‘प्रधानमन्त्री महिला’ को हुन् ती भाग्यमानी महिला नेतृ ?

आइतबार, ०९ भदौ २०८१
काठमाडौं । नेपालको राजनीतिमा सत्तागठबन्धन कतिखेर बदलिने र नयाँ बन्ने त्यस’दयगत कसैले ठोकुवा गरेरै भन्न नसक्ने अवस्था छ ।  सानासाना विषय र स्वार्थमै सत्तागठबन्धन टुट्ने र नयाँ बन्दै आएको छ । अहिले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को गठबन्धन छ । तेस्रो दल रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गर्दै सत्ताको नेतृत्व गर्दै आएको थियो । तर, माओवादी केन्द्र अहिले प्रतिपक्षमा पुगेको छ । कांग्रेसको समर्थनमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । संविधान संशोधन, सरकारको नेतृत्व आलोपालोसहित ७ बुँदे सहमतिमा एमाले र कांग्रेसको गठबन्धन बनेको हो । सहमतिअनुसार अबको डेढ वर्षपछि कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । सबैले देखे, सुनेअनुसार कांग्रेसको संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने अनुमान छ । तर, यहीबीच प्रधानमन्त्री ओलीले अब ‘प्रधानमन्त्री महिला’ बनाउने आफ्नो चाहना रहेको खुलासा गरेका छन् । ओलीले भनेजस्तै अबको प्रधानमन्त्री हुने महिला नेतृको हो ? सबैको चासोको विषय बनेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब प्रधानमन्त्री महिलालाई बनाउने आफ्नो चाहना रहेको खुलासा गरे । संविधानले एक मात्र प्रधानमन्त्रीको व्यवस्था गरेको छ । के ओलीले राजीनामा गरेर प्रधानमन्त्री महिलालाई बनाउन खोजेका हुन् त ? उनको भाषणसँगै प्रश्नसमेत उठछ । सहमतिअनुसार कांग्रेसबाट देउवाको ठाउँमा अरू कोही महिला नेतृ प्रधानमन्त्री बन्ने हो ? ओलीले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको दाबी गरे । उनको सो दाबीसँगै प्रधानमन्त्री महिलालाई बनाउन उनले राजीनामा दिँदै छन् ? प्रधानमन्त्री महिलालाई बनाउन चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुन सक्छ, तर छिट्टै बनाउने तयारी’दयगत सोचिरहेको छु ।’ प्रधानमन्त्री बन्ने महिला नेतृ को ? प्रधानमन्त्री ओलीले नै ‘प्रधानमन्त्री महिला’लाई बनाउने भनेपछि अहिले महिला नेतृको खोजी हुन थालेको छ । को हो त्यो भाग्यमानी महिला नेतृ जो नेपालको पहिलो महिला प्रधानमन्त्री हुनेछिन् । एमालेबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पार्टी उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य, कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणा देउवा हुनसक्ने क्षमतावान् नेतृ हुन् । भण्डारी, शाक्य, राणाबाहेक अरूलाई नै बनाउन खोजिएको छ त्यो यसै भन्न पनि सकिँदैन । एमाले सदस्यता भण्डारीले नवीकरण गरेपछि उनी एमालेको सक्रिय राजनीतिमा फर्किने’दयगत यस अघिदेखि नै चर्चा हँुदै आएको छ । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने र पार्टीको नेतृत्व गर्ने’दयगत चर्चा भइरहेकै बेला प्रधानमन्त्रीमा महिलाको कुरा आएपछि त्यो अवसर भण्डारीले नै पाउने हो कि भन्ने अनुमान लगाउन थालिएको छ । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेर अवकाश लिएकी भण्डारीले एमालेको सदस्यता किन नवीकरण गराएको भन्ने प्रश्न यसअघि उठेको थियो । उनी अहिले मदन भण्डारी फाउन्डेसनको नाममा एमालेको राजनीतिमा सक्रिय रहेकी छन् । एक समूहको अहिले पनि भण्डारीले नेतृत्व गर्दै आएकी छन् । पार्टीदेखि राजकीय ठाउँहरूमा उनले भाग पाउँदै आएकी छन् । एमालेको नेतृत्व भण्डारीले गर्ने अड्कलबाजी भइरहेकै बेला केही समयअघि अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा अझै २० वर्ष कसैले एमालेको नेतृत्व लिने’दयगत नसोच्न भनेका थिए । भण्डारीबाट झस्किएका ओली अझै पार्टी नेतृत्व आफैंले गर्ने रणनीतिमा छन् । सरकारको नेतृत्व गरिरहेकै बेलामा एमालेको महाधिवेशन गर्नुपर्ने हुन्छ । ११औं महाधिवेशनबाट ओली कि भण्डारी अध्यक्ष को ? फेरि अहिलेको प्रतिनिधिसभामा भण्डारी सांसद नभएकाले उनी संविधानअनुसार प्रधानमन्त्री बन्ने अवस्था छैन । वा कुनै सांसदलाई राजीनामा गराएर उपनिर्वाचन गरी भण्डारीलाई संसद्देखि प्रधानमन्त्री बनाउने योजनामा ओली छन् । प्रधानमन्त्री हुन सक्ने एमालेको अर्को महिला नेतृ हुन अष्टलक्ष्मी शाक्य । तर, शाक्य ओलीको आलोचक र पार्टीभित्र ओली समूहको नभएकाले उनलाई प्रधानमन्त्रीका लागि अगाडि सार्ने सम्भावना थोरै पनि छैन । बाग्मती प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्य पनि प्रतिनिधिसभामा भण्डारी जस्तै सांसद होइनन् । ओलीले आफ्नो आलोचक र विरोधीलाई प्रधानमन्त्रीका लागि अगाडि सार्ने कल्पनासमेत गर्न सकिँदैन । त्यसो भए अरू को ? धैरैले यसबीच कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवा प्रधानमन्त्री हुनसक्ने अनुमान गर्न थालेका छन् । र, यो सम्भव पनि देखिएको छ । आरजु प्रतिनिधिसभाको वर्तमान कार्यकालमा सांसद र कांग्रेसभित्र प्रभावशाली नेतृ हुन् । कांग्रेस सभापति देउवा अहिलेको दलको नेता छन् । एमालेसँगको सहमतिअनुसार डढे वर्षपछि देउवा प्रधानमन्त्री हुँदै छन् । ओलीले भनेजस्तै महिलालाई प्रधानमन्त्री बनाउन कांग्रेसी दलका नेतामा आरजुलाई चयन गरेर सजिलै बनाउन सकिन्छ । दलको नेतामा श्रीमान वा श्रीमती जो भए पनि के नै फरक पर्छ । तर, दलका नेता हुन आरजुका लागि फलामको चिउरा चपाएजस्तै देखिन्छ । यहीबीचमा पार्टीको महाधिवेशन हुने र नेतृत्वमा पुनः देउवा नै आउने भन्ने कुराको ग्यारेन्टी छैन । त्यस्तै, देउवालाई हटाएर आरजुलाई दलको नेता बनाउन डा. शेखर कोइरालादेखि महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताले सजिलै स्वीकार्दैनन् । हुन त, गत महिना एक सार्वजनिक कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपालमा अब महिला प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएका थिए । तर, कोइरालाले भनेको महिला आरजु नै हुन् भन्ने’दयगत केही बोलेका थिएनन् । महिला प्रधानमन्त्री को हुने’दयगतमा यसै भन्न सकिने अवस्था छैन । अबको राजनीतिमा हुने फेरबदलले प्रधानमन्त्री महिला हुने हो कि पुरुष नै हुने हो त्यो अहिले नै भन्न सकिँदैन । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार