भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्ट भन्छन्–साउन मसान्तसम्म जग्गा वर्गीकरणको समय थियो, तर धेरै स्थानीय तहले वर्गीकरण नगरेपछि कित्ताकाट रोकिने भयो, जसकारण केही महिना थप्ने कि भनेर छलफल चलिरहेको छ।दुईवटा मालपोत कार्यालय थपिँदै सेवाग्राहीको अत्यधिक चाप रहेका दुई जिल्लामा सरकारले मालपोत कार्यालय थप्ने प्रक्रिया अघि बढाएको छ । पर्साको पोखरिया र कपिलवस्तुका वाणगंगामा नयाँ मालपोत कार्यालय राख्न लागिएको हो । जिल्लामा सेवाग्राहीको धेरै भिड हुने भएकाले नयाँ कार्यालय स्थापना गर्न लागिएको भूमि व्यवस्थापन विभागका निर्देशक रोशनशंकर घिमिरेले बताए । कपिलवस्तु भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको गृहजिल्ला हो । हाल देशभर एक सय ३२ मालपोत कार्यालय सञ्चालमा छन् । निर्णय गरिसके पनि तीन स्थानमा कार्यालय भवन तथा बजेट अभावका कारण मालपोत कार्यालय सञ्चालनमा आउन सकेका छैनन् । पोखरिया र वाणगंगाको हकमा भने मन्त्रिपरिषद्बाट निर्णय हुनै बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया