नयाँ वर्षमा आउँदै ‘बिहे पास’

बुधबार, १७ फागुन २०७९
काठमाडौँ । चलचित्र ‘बिहे पास’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र आगामी नयाँ वर्षदेखि प्रदर्शनमा आउने जनाइएको छ । पोस्टरमा कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर बाङ्देल, रवीन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ । निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने नारा दिएको छ । प्रवेश पौडेलको निर्देशन, रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्र पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको हो । चलचित्रमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार