‘इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब एक करोड ४० लाख रुपैयाँको हाराहारीमा भ्रस्टाचार भएको कुरा बाहिर आएको र पालिकाले जनताको सहजताका लागि भनी किनेको विद्युतीय बसको आधिकारिक आयातकर्ता स्पार्क अटोमोबाइल्स भएको तर तेस्रो कम्पनी खडा गरी विद्युतीय बसको वास्तविक लागत भन्दा बढी रकम खर्च गरेर भ्रष्टाचार गरिएको के असत्य हो ? मेयर साब’ सांसद चौधरीले पुनः प्रश्न गरेका छन् ।यसैगरी नगर अस्पतालको लागि एक मात्र कम्पनीलाई ठेक्का पार्ने गरी सुनियोजित तरिकाले करिब पाँच करोडमा आउने सिटी स्क्यान मेसिन आठ करोड बढी मूल्यमा टेन्डर गरेर भ्रष्टाचार गर्न खोजेको आरोप सासंद चौधरीले लगाएका छन् । यो बिषयमा चासो राख्दै रास्वापा इटहरी नगर समितिले र इटहरी उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष जीतेन्द्र थापाले यसै सम्बन्धमा छानबिन गरि दोषी उपर कारबाही गर्ने पत्र समेत लेखेर विरोध भएपछि उक्त बोलपत्र नै रद्ध गरिएको सांसद चौधरीको आरोप छ । ‘आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले इटहरी १४ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयलाई करिब ८० लाख बढी रकम भुक्तानी दिएको र २२ महिनासम्म गुपचुपमा राखिएको प्राप्त प्रमाणहरूले नै बोलिरहेको र यहाँ मानवीय गलतको सम्भावना कहाँ देखिन्छ ?,’ सांसद चौधरीले भनेका छन्, ‘मानवीय त्रुटि भनेर थाहा पाएपछि त्रुटि गर्ने कर्मचारीलाई अहिलेसम्म कारबाही किन नगरेको ?’ इटहरीमा अन्य विषयहरूमा पनि भ्रस्टाचार भएको कुरा आएका र ती विषयहरूमा प्रमाण संकलन र अध्ययन चलिरहेको हुँदा निचोड प्राप्त गरे पश्चात् बोल्ने उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यसैगरी सासंद चौधरीले मेयर पौडेललाई आफूले उठाएका मुद्दाहरू नाजायज लागे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कागजातहरू बुझाएर आफैँ चोखिन चुनोैती समेत दिएका छन् ।
प्रतिक्रिया