पदमचालले सजियो तिम्बू क्षेत्रको हिमाल

आइतबार, १६ भदौ २०८१
पाँचथर– हिमालको घाँसे मैदान र पत्थरमा फक्रिने वनस्पति हो पदमचाल । जसको चिनिया नाम केञ्जो हो । पछिल्लो समय नेपालमा पनि पदम चाललाई केञ्जो भनेर बोलाउनेहरूको सङ्ख्या बढिरहेको छ । यतिबेला पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्वुङ पोखरी क्षेत्र यो वनस्पतिले ढाकिएको छ । केञ्जो फक्रिए स‘गै यस क्षेत्रमा यतिखेर आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । फोटो खिच्ने,भिडियो बनाउने र हिमाली सौन्दर्यमा रमाउनेहरूका लागि यो वनस्पति आकर्षणको केन्द्र नै हो भन्दा अत्युक्ति हुँदैन । यो समुद्री सतहदेखि चार हजार ३ सय मिटर भन्दा माथिल्लो भू भागमा पाइने वनस्पति हो । यो यो वनस्पति सुदूर पूर्वको पाँचथर ताप्लेजुङ सहित देशका सीमित स्थानमा मात्रै रहेको अध्ययनहरूले देखाएका छन् । पदमचाल तिम्वुङ पोखरी आसपास पर्याप्त मात्रामा पाइन्छ । हिमालको चट्टाने भीर र घाँसे मैदानमा टाढाबाट देख्न सकिने गरी फक्रिने गरेकाले यसलाई हिमालको टावर भन्नेहरू पनि भेटिन्छन् । यो वनस्पति मुख्यतः हाड जोर्नी साथै पेटको समस्याको निरूपण गर्ने जडीबुटीका रूपमा प्रयोग हुन्छ । पदमचाल हेर्दै लोभलाग्दो र आकर्षक हुन्छ । त्यही भएर तस्बिरमा देखेकाहरू प्रत्यक्ष हेर्नकै लागि सास्ती व्यहोरेर हिमाल चढ्ने गर्छन् । पछिल्लो समय यस क्षेत्रमा घुम्न आउने तिर्खालु र पर्यटकले फोटो र भिडियो बनाउने बहानामा यस्का बोट भाँच्ने,उखेल्ने र पात चुँडाउने गरेकाले गरेको पाइएको छ । यसले हिमालको सौन्दर्ययतामा हा्रस आउनका साथै लोप हुने खतरा बढेको सरोकारवालाहरूको चिन्ता गर्छन् । उम्रेको यो वनस्पति उम्रेको ३ देखि ४ वर्षमा मात्रै वयस्क हुन्छ । बोट मुनिको भागमा हरियो र माथि तिर क्रमशः सानो हुँदै चुच्चो आकारमा टुंिगन्छ । बोट वयस्क हुँदै गएपछि माथिको पात पनि क्रमशः सेतो हुँदै जान्छ । दुर्लभ आकर्षक र औषधीय गुणले युक्त भएकाले पनि यो वनस्पतिको संरक्षणमा स्थानीय स‘गै भ्रमणमा आउने जो कोही संवेदनशील हुनु जरुरी देखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार