मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोकिदा केही यात्रु घाइते

आइतबार, १६ भदौ २०८१
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आइतबार बिहान नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु घाइते भएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिएका छन् । उनले घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको पनि जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार