रास्वपाको महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन

आइतबार, १६ भदौ २०८१
काठमाडौँ : मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पुनरावेदनको निवेदन दिएका छन् । ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन् । उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५ औँ दिन मात्र सो सम्बन्धी पत्र प्राप्त गरेको भन्दै आइतबार (आज) पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताए । उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफूमाथि कारबाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेका छन् । पार्टी सभापतिमाथि सहकारी रकम ठगी, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफूले सो को विरोध गरेको निवेदनमा उल्लेख गरेको ढकालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार