कोशी प्रदेश : मुख्यमन्त्रीलाई माओवादीले अविश्वसनीय भनेपछि...

आइतबार, १६ भदौ २०८१
इटहरी : कोशी प्रदेशसभा आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसदले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अविश्वसनीय भनेका छन् । प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सांसद दुर्गा चापागाईंले मुख्यमन्त्री कार्कीमा भिजन नभएको र अविश्वसनीय भएको आरोप लगाएका हुन् । ‘हाम्रो प्रदेशले ह्याट्रिक वाला तर नन भिजिनरी र अविश्वसनीय छविका मुख्यमन्त्री ब्यहोरिरहेको छ’, उनले बैठकमा भने । उनले मुख्यमन्त्रीलाई आफ्नो समय विकासमा प्रयोग गर्ने नभइ आग्रह पूर्वाग्रहमा खर्च गरेकोसमेत आरोप लगाए । यता, माओवादी सांसदले मुख्यमन्त्रीलाई अविश्वसनीय भनेपछि एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले त्यो शब्द रेकर्डबाट हटाउन माग गरे । ‘अविश्वसनीय छवि भएका मुख्यमन्त्री भनेर कसले प्रमाणित गरेको ? कसैमाथि विश्वसनीय र अविश्वसनीय प्रमाणित हुनु परेन ?’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार