मोरङको बूढीगंगामा ट्रकलाई जोगाउने क्रममा म्याजिक भ्यान दुर्घटना, आठ जना घाइते

सोमबार, १७ भदौ २०८१
विराटनगर : मोरङको बूढीगंगामा सोमबार दिउँसो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका २ टंकी चोकमा सडक पार गर्दै गरेको ना ३ ख १०७१ नम्बरको ट्रकलाई जोगाउने क्रममा को १ ज २१५० नम्बरको म्याजिक भ्यान सडकमा पल्टिएको प्रहरीले जनाएको छ । ट्रकलाई बचाउने क्रममा दिउँसो १ बजेतिर दुर्घटना हुँदा म्याजिकमा सवार ८ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । दुर्घटनामा परेर म्याजिक चालक सुनसरीको दुहबी नगरपालिका–८ का २९ वर्षीय केदार बर्मा, दुहबी–४ का ३५ वर्षीया सैफुन खातुन, ३३ वर्षीया ममिना खातुन, ४. हरिनगरा गाउँपालिका–२ की ३५ वर्षीया हदिशा खातुन र मोरङको रंगेली नगरपालिका–२ की ४२ वर्षीया सुनीता माझी, बूढीगंगा–४ की ३३ वर्षीया आरती पोदार, बूढीगंगा ५ की २९ वर्षीया सपना बस्नेत र ५२ वर्षीया मंगलमाया बस्नेत घाइते भएका छन् । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । सबै जनाको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी बस्नेतले बताए । म्याजिक, ट्रक र ट्रकका चालक मोरङको ग्रामथान गाउँपालिका–३ का २६ वर्षीय सञ्जय ऋषिदेवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार