सुनसरीमा टेम्पोको ठक्करबाट नाबालकको मृत्यु

मंगलबार, १८ भदौ २०८१
इटहरी । सुनसरीको गढीमा सडक क्रस गर्दै गरेका नाबालकलाई टेम्पोले ठक्कर दिएको छ । ठक्करबाट नाबालकको मृत्यु भएको छ । को २ ह १८३७ नम्बरको टेम्पोले गढी गाउँपालिका–२ भमरी चोकमा नाबालकलाई सोमबार साँझ ६ः४० बजेतिर ठक्कर दिएको थियो । इनरुवा–दुहबी भित्री सडकखण्ड हुँदै इनरुवाबाट दुहबीतर्फ आउँदै गरेको टेम्पोले ठक्कर दिँदा प्रमोद साह हलुवाईका छोरा ४ वर्षीय प्रमन साहको मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा साँझ ७ः५० बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुर्घटना भएपछि प्रहरीले टेम्पो र चालक दुहबी नगरपालिका–१० का ४० वर्षीय रामकुमार हरिजनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट टेम्पोको तीव्र गतिका कारण दुर्घटना भएको पत्ता लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार