मोरङमा दुई नाबालिका मृत्यु प्रकरण : पक्राउ परेकी आमा प्रहरीद्धारा सार्वजनिक

बुधबार, १९ भदौ २०८१
इटहरी : मोरङको सुन्दरहरैँचामा दुई नाबालिका मृत्यु प्रकरणमा पक्राउ परेकी आमालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ७ मालती टोलकी २१ वर्षीया अस्मिता पौडेल रहेकी छिन्। उनलाई प्रहरीले बुधबार बिहान बिर्तामोड नगरपालिका ५ पूर्वपश्चिम राजमार्ग नजिकबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । अस्मिता शनिबार साँझदेखि फरार थिइन् । ७ को केरा बगानमा उनका दुई जना छोरी मृत अवस्थामा फेला परेका थिए । सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की गत शनिबार दिउँसो मृत फेला परेका थिए । उनीहरूलाई विष सेवन गराएर आमाले नै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । छोरीहरू मृत फेला परेपनि आमा अस्मिता न्यौपाने भेटिएकी थिइनन् । उनलाई झापाको बिर्तामोडमा फेला पारेर बुधबार बिहान विराटनगर ल्याइएको छ । एसपी कार्कीका अनुसार पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ। श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन्। मृत भेटिएका दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टासमेत फेला परेको थियो । श्रीमान श्रीमतीबीच पटकपटक घरायसी कुरामा विवाद हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पौडेललाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको हो । श्रीमानले नबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी कसुरमा पौडेलविरुद्ध जाहेरी दिएका छन्। पक्राउ परेकी अस्मितालाई जिल्ला अदालत मोरङबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।   यो पनि –मोरङमा एकै घरका दुई नाबालिकाको मृत्यु प्रकरण : फरार रहेकी आमा बिर्तामोडबाट पक्राउ यो पनि – मोरङमा एकै घरका दुई नाबालिकाको मृत्यु प्रकरण : दिनभर खोज्दा पनि फेला परिनन् आमा यो पनि – मोरङको सुन्दरहरैँचामा एकै घरका दुई नाबालिकाको शव भेटियो, घटना रहस्यमय  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार