पाँचथरमा भएको बम विस्फोटमा परी घाइते भएका बालकको उपचार सरकारले गर्ने

शनिबार, २२ भदौ २०८१
काठमाडौँ : पाँचथरमा  बम विस्फोटमा परी घाइते भएका फालेलुङ ५ डाँडागाँउका दुई जना बालकको उपचारको जिम्मा सरकारले लिएको छ । ७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राईको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए । कीर्तिपुर अस्पतालको बर्न शाखामा पवन र दिप्सनको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शनिवार अस्पताल पुगेर बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उक्त अवसरमा घाइते बालकको सम्पूर्ण उपचार खर्च सरकारले लिने पौडेलले प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘घाइते बालकहरूको उपचारमा लागेको खर्च सरकारले व्यहोर्छ,’ पौडेलले भने ‘खर्च अभावले घाइतेहरू छटपटाउनु पर्दैन । उपचार खर्च सरकारले व्यहोर्छ ।’ भदौ १३ गते डाँडागाँउका आइतबहादुर केरुङको घरमा बम विस्फोट हुँदा चार जना बालबालिका घाइते भएका थिए । घाइतेमध्ये दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ बर्सिया छोरी प्रिन्सिपल साँवाको निधन भएको थियो । पवन र दिप्सनलाई जिल्ला अस्पताल पाँचथर र विराटनगरको कोशी अञ्चल अस्पतालमा सामान्य उपचार पछि घर लगिएको थियो । आर्थिक अभावले उपचार प्रक्रिया पूरा नगरी घाइते बालकहरूलाई घर लगेपछि मानवअधिकारवादी संस्था सिबिनको पहलमा पवन र दिप्सनलाई कीर्तिपुर अस्पतालको बर्न शाखामा भर्ना गरिएको थियो । पवनको आइसियुमा राखेर उपचार भइरहेको छ भने दिप्सनको जनरल वार्डमा राखेर उपचार भइरहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार